Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

विश्वका ९३ देशलाई पछी पार्दै म्याराथुन मा सुनमाया बुढा नेपालको झण्डा फहराउँदै भइन प्रथम

1.6K
shares

 

विश्वका ९३ देशलाई पछी पार्दै म्याराथुन मा सुनमाया बुढा नेपालको झण्डा फहराउँदै भइन प्रथम !

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी पहिलो भएकी हुन् ।

उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो । म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए ।

civil hospital
Hams Hospitals