हवाई यात्रु ६५ प्रतिशत घटे

1.7K
shares

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ । यो संख्या विमानस्थलमा उडान र अवतरण गरेका यात्रुको संख्या भएको विमानस्थल कार्यालयले जनाएको छ । सन् २०१९ मा विमानस्थलमा कुल ७३ लाख ५ हजार ५ सय ९९ यात्रुले विमानस्थल प्रयोग गरेका थिए भने सन् २०२० मा २५ लाख ६२ हजार ८ सय ६५ यात्रुको उडान तथा अवतरण भएको थियो ।

कोभिड–१९ ले अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक उडानमा रोक लगाउँदा यात्रुको संख्यामा कमी आएको थियो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गत चैत ९ गते ९मध्यरात० बाट अन्तर्राष्ट्रिय उडानमा र आन्तरिकमा ११ गतेबाट प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भदौ १६ र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

करिब ६ महिना व्यावसायिक उडानमा कमी आउँदा यात्रुको संख्यामा कमी आएको हो । यता आन्तरिक उडानमा भने सन् २०१९ को तुलनामा ५४ प्रतिशतले कमी आएको छ । सन् २०२० मा १४ लाख ५७ हजार ५ सय ३९ र सन् २०१९ मा ३१ लाख ६७ हजार ३६ यात्रुले विमानस्थल प्रयोग गरेका छन्, जसमा ४८ हजार ८ सय ५७ उडान भएका थिए । अन्तर्राष्ट्रियतर्फ ५ लाख ६७ हजार १ सय ९४ यात्रु विमानस्थलबाट बाहिरिएका छन् भने ५ लाख ३८ हजार १ सय ३२ यात्रु काठमाडौं अवतरण गरेका छन् । यसरी कुल अन्तर्राष्ट्रियतर्फ ११ लाख ५३ हजार २६ यात्रुले विमानस्थल प्रयोग गरेका छन्, जसमा प्रस्थानतर्फ ५ हजार १ सय ३० र आगमनमा ५ हजार १ सय १७ उडान गरी कुल १० हजार २ सय ४७ उडान भएका थिए ।

 

आन्तरिकमा भने काठमाडौंबाट ७ लाख ५१ हजार ६ सय ६२ यात्रु बाहिरिएका छन् भने ७ लाख ५८ हजार ७७ यात्रु काठमाडौं अवतरण गरेका छन् । यसरी आन्तरिकमा सन् २०२० भरि कुल १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले आन्तरिक विमानस्थल आवतजावत गरेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा कुल ३८ हजार ६ सय १० उडान भएकोमा प्रस्थानमा १९ हजार ३ सय ९ र आगमनतर्फ १९ हजार ३ सय १ उडान भएको छ । कारोबार दैनिकबाट

civil hospital
Hams Hospitals