Banner ad for NADA AUTO SHOW -2026

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम शुरु

1.6K
shares

काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौं) तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका ९स्टिल रिब्स० राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भने ।

धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडाँैतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबँेंसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले पुनः गति लिएको बताउँदै उनले निर्धारित समयमा नै काम सम्पन्न गर्ने लक्ष्यसहित नियमित कामबाहेक अतिरिक्त सिफ्ट र अतिरिक्त समयमा कामलाई तीव्रता दिइएको जानकारी दिए । गोरखापत्र दैनिकबाट

civil hospital
Hams Hospitals