ओलीकाे दाबी : आगामी स्थानीय निर्वाचनमा विजयी हुन्छाैं
वि.सं.२०७८ चैत १ मंगलवार
1.4K
shares
shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा आफूहरुले जित्ने दाबी गरेका छन् ।
मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आगामी स्थानीय निर्वाचनमा आफूहरुले जित्ने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै ओलीले वर्तमान गठबन्धन निर्वाचनमा मिलेर आए मर्याकमुरुक पार्ने मिलेर कर्याकुरुक पर्ने टिप्पणी गरे । ‘एक्लाएक्लै आए त कर्याककुरुक पार्छौँ,’ ओलीले भने, ‘सबै मिलेर आउँदा पनि मर्याकमुरुक पार्छौँ ।’
‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्। त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’ ओलीले भने ।



























