सांसद योगेश भट्टराई उच्च ज्वरोका कारण अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराई उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका छन् ।

ज्वरोका कारण घरमै आराम गरिरहेका उनी पूर्वमन्त्री समेत रहेका भट्टराई शुक्रबार अस्पताल भर्ना भएका हुन् ।

चिकित्सक हरुको सल्लाह अनुसार एक हप्ताका लागि भेटघाट समेत बन्द गरिएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएसँगै भट्टराई एमालेको स्थायी कमिटी बैठकमा समेत अनुपस्थित रहेका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro