प्रचण्ड ज्यु ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौँ :योगेश भट्टराई
वि.सं.२०८१ असार २८ शुक्रवार
shares
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए ।
आफूहरूले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले भने, ‘यसमा प्रचण्डको सहयोग चाहन्छौँ, सहभागिता चाहन्छौँ ।’
त्यही आशयका साथ आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गए पनि सँगै जाने, नर्क गएपनि सँगै जाने भनेको एमाले सचिव भट्टराईको दाबी छ । ‘नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौँ’ उनले भने, ‘यति कुरा ढुक्क हुनुहोला । तपाईँलाई छुट्न दिँदैनौँ ।’
उनले अगाडि भने, ‘छुटेर पनि अन्त जाने ठाउँ छैन, ख्याल गर्नुहोला ।’











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)









