सौर्य विमान दुर्घटना: १८ जनाको शव संकलन
वि.सं.२०८१ साउन ९ बुधवार
shares
Photo By: काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनामा १८ जनाको निधन भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा १९ जना सवार थिए । जसमा १८ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरिएको छ ।

‘जहाज काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्ने वित्तीकै दाहिने तिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्याइएको जानकारी गराइन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’मा दुर्घटना भएको थियो । उक्त जहाजमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेका थिए ।






























