विहानी पंगेनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित
वि.सं.२०८२ जेठ २८ बुधवार
shares
काठमाडौं। अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा विहानी पंगेनी निर्विरोध निर्वाचित भएकी छन्। ४९ जना निर्वाचित हुने पदाधिकारीहरूभन्दा माथिल्लो तहमा पर्ने सचिवालयमा उनी विश्वविद्यालय महिला क्लस्टरको तर्फबाट चयन भएकी हुन्।
निवर्तमान अध्यक्ष समिक बडालका अनुसार, पंगेनीको उम्मेदवारीमा कुनै प्रतिस्पर्धा नभएकोले उनी सहज रूपमा सचिवालयमा निर्वाचित भएकी हुन्।
विहानी पंगेनी चर्चित गायक बद्री पंगेनीकी छोरी हुन्। अघिल्लो महाधिवेशनमा उनी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। उनी कानून विषय अध्ययन गर्दैछिन् भने उद्घोषण र कलाकारितामा समेत सक्रिय रहिएकी छिन्।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनको क्रम जारी रहेको छ। सचिवालय सदस्यमा पंगेनीको निर्विरोध चयनले संगठनभित्र महिला सहभागिता र नेतृत्वको सशक्त उपस्थिति देखिएको विश्लेषण गरिएको छ।

























