कम्पनी रजिस्ट्रारको सर्भर डाउन, शुक्रबारदेखि सबै सेवा अवरुद्ध

1.7K
shares

काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भर डाउन भएपछि गत शुक्रबारदेखि कार्यालयका सबै सेवा ठप्प भएका छन्। सर्भरमा एक्कासी प्राविधिक समस्या उत्पन्न भएपछि अनलाइनमार्फत प्रदान हुँदै आएका सेवा पूर्ण रूपमा अवरुद्ध भएका हुन्।

कार्यालयले कम्पनी दर्ता, विवरण अद्यावधिक, नाम परिवर्तन, शेयर संरचना संशोधन, मुद्दा दर्ता, दस्तावेज प्रमाणिकरणदेखि कम्पनी खारेजीसमेतका सबै प्रक्रिया रोकिएको जनाएको छ।

चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धी सबै सेवा भौतिक उपस्थितिविना नै क्यामिस प्रणालीमार्फत प्रदान गर्दै आएको कार्यालयले जनाएको छ।सर्भर डाउन भएपछि अहिले एक रुपैयाँ शुल्क तिर्नेदेखि कम्पनी दर्ताको अन्तिम स्वीकृतिसम्मका सबै काम रोकिएका छन्।

कार्यालयका अनुसार प्राविधिक टोलीले समस्याको पहिचान र समाधानका लागि काम गरिरहेको छ। सर्भर कहिलेसम्म सञ्चालनमा आउने हो भन्नेबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

civil hospital
Hams Hospitals