सरकारद्वारा चार जना सचिवको सरुवा

2.8K
shares

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय तथा निकायमा नयाँ जिम्मेवारी तोकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मंगलबारदेखि पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएपछि आयोगमा सचिव पद रिक्त भएको थियो। उक्त रिक्त स्थानमा पन्थलाई पठाइएको हो।

यसैबीच कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि मन्त्रालयमा सचिव पद रिक्त भएको थियो।

यस्तै, रिक्त बनेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेलको सरुवा गरिएको छ।

सरकारले गरेको यो ठूलो प्रशासनिक चलखेललाई आगामी संघीय तथा प्रादेशिक संरचनामा देखिएको आवश्यकताका आधारमा गरिएको नियमित व्यवस्थापनको रूपमा लिइएको छ।

civil hospital
Hams Hospitals