३ जना उपसचिव र १२ जना शाखा अधिकृतको सरुवा

1.9K
shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व अनुसन्धान विभागमा कार्यरत १५ जना अधिकृतस्तरीय कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमध्ये ३ जना उपसचिव र १२ जना शाखा अधिकृत रहेका छन्।

 

हालै राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयअन्तर्गत राख्ने निर्णय भएपछि प्रशासन समूहका कर्मचारी कट्ती भई राजस्व समूह थपिएको थियो। यसका कारण विभागमा कार्यरत प्रशासन समूहका अधिकृतहरू फाजिलमा परेका थिए। ती सबैलाई गत बुधबार मन्त्रालयले आफ्नो अतिरिक्त समूह (Excess Group) मा सारेर बाहिर पठाएको हो।

 

अब यी कर्मचारीलाई क्रमशः विभिन्न संघीय कार्यालय तथा रिक्त स्थानीय तहहरूमा दरबन्दी मिलाएर स्थायी रूपमा व्यवस्थापन गरिने मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

 

तर, विभाग भित्रै भने यो निर्णयप्रति असन्तुष्टि देखिन थालेको छ। केही अधिकारीहरूले राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा राख्नु उपयुक्त नभएको बताउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्दा छुट्टै नियमन र व्यवस्थापन हुने भएकाले ढिलाइ, हस्तक्षेप र साँठगाँठको जोखिम कम हुने तर्क गरेका छन्। उनीहरूको भनाइमा, काम गर्ने र नियमन गर्ने दुवै शक्ति एउटै निकायमा रहँदा विभागको अपेक्षित भूमिका कमजोर हुन सक्छ।

 

civil hospital
Hams Hospitals