लघुकथा : आत्मसन्तुष्टि

147
shares

“घरपरिवार नै बिर्सिएर सामाजसेवा गरेर पुग्छ र ?”

 

उनी छड्के आँखा तर्दै बोलिन, “घरको काम केही गर्ने होइन ? बिहान उठ्ने बित्तिकै लखरलखर गाउँ डुलेर हुन्छ | परिवार भन्दा समाज पहिला आउँने हो | भोलि दु:ख बिमार हुँदा त पहिला परिवार नै उभिनु पर्ने होला, होइन किन कुरा बुझ्नु हुन्न ?” बुढी थकित हुँदै झिझ्झिएको स्वरमा कराइन्

 

उनले सुने नसुने झै गरेर हतारो देखाउँदै भन्दै थिए | “हेरन, कति पटक भएछ फोन आएको ? विवाद परेछ क्या ! मिलाउँनु पर्ने भयो | मोबाइलमा कल देखाए, म गए, एकछिनमा आउँछु है भन्दै नम्रता देखाए अनि निस्किए |”

 

उनी एक्लै फत्फताउँदै काममा लागिन् | भान्सा, भकारोमा अल्झिइन् | छोराछोरी स्कुल पठाइन् | भ्याइनभ्याइ भयो,मनमा अनेक तर्कना खेलाउँदै भनिन्,”यस्तै गरी कसरी चल्छ ?”

 

बुढाले साइकल शीतलमा राखे, उनी आए | ठट्याउँलो पारामा देखिए, उनको रिस शान्त गर्न अनेक प्रसङ्ग जोड्दै सोधे, “नरिसाउँन बरू भनन्, खानामा के छ ?” उनी शान्त थिए

 

उनले विगत कोट्याउँदै भनिन्, “यत्रो वर्ष समाजका लागि काम गर्नु भयो, के पाउँनु भयो ? तादि झन आरोप लागेको बिर्सनु भयो, काम गर्ने कालु मकै खाने भालु भने झै भयो | हैन कहिले मति फिर्छ हजुरको ?” उनले सम्झाउँने प्रयत्न गरिन् |

 

उनी एकछिन सोचमग्न भए अनि गहन हुँदै बोले, “समाजसेवा गर्नु  नितान्त निजी कुरा हो, न केही पाउँने आश न गुमाउँने डर, केवल आत्मसन्तुष्टि !” उनी शान्तियुक्त स्वरमा बोले

 

 

 

 

 

civil hospital
Hams Hospitals