लघुकथा : मर्का
वि.सं.२०८३ जेठ १३ बुधवार
shares
“फेरि फेरि, के फेरि बढ्यो ?”
मध्यम वर्गीय परिवार छ, जेनतेन गुजारा चलेको छ | जागिर गर्यो, महिना मर्दा यसोउसो, तिरोतारो गर्दा तलब सकिन्छ | कतिपयको त अझ हिसाबै आउँदैन्, गाह्रो छ | महङ्गी चुलिएको छ |
गाउँघर नै ठिक बस्न त ? मेलापात, दाउराघाँस,भैँसी भकारो, उकाली ओराली गर्दा दिन बित्थ्यो | आँफैले उब्जाएको बिस्कुन सुकायो, उठायो, अर्गानिक खायो | स्वस्थ पनि भइने, कसरत पनि हुँने गजब थियो दिनचर्या त ?
गौतमले छड्के आँखा तर्यो अनि ओठ लोप्य्राउँदै बोल्यो, “किन आएको त, उहीँ बसेको भए हुँने हो | धेरै फुटानी नलगाउ भो, उति बेला सहर बजारा सुख सुविधा हुन्छ भनेर धायौ, अहिले महङ्गीको चपेटाले गाउँ नै सम्झियौ हैन !” उसले ङिच्छ दाँत देखाउँदै बोल्यो |
काफ्ले केही नरम भयो | ऊ समाजको गतिशील पात्र हो, देखेको कुरा स्पष्ट बोल्ने अनि सहयोगी स्वभावको छ | उसले शब्दले छेड हानेको चाल पायो र भन्यो, “घरमा साधन हुँदाहुँदै किन हिडेर आयौ, के भयो ?”
गौतम, “नयाँ सरकार के बनेको थियो ? पेट्रोलियम पदार्थको मूल्य आकासियो | कसरी थेग्नु हो, भार पनि ? छाडे चलाउँन, जेजे भने पनि मर्का चाहिँ सर्वसाधारणलाई नै पर्ने रछ |” उसले समसामयिक परिवेश दर्सायो
काफ्ले सोचमा परे, उनले विगत सम्झिए अनि बोले,”पहिला मूल्य वृद्धि सुन्ने बित्तिकै कामै ठप्प पारेर सडकमा उत्रिएर नारा जुलुस गर्ने, टायर बाल्ने, हडताल गर्ने जनता पनि यिनै हुन्, भन्दै तुलना गरे |”
गौतम कड्किए, छनक कसे | समकालीन परिस्थिति नियाल्दै भने,”मूल्य बृद्धिले ढाड सेक्दा पनि सबैले मौनता साँधेका छन्, हैन ! विगतमा किन अबुझ भएका त ?”





























