कविता : हेर जमाना

489
shares

 

 

 

तन्त्रको गतिलो झापड टेकिएको छ देशमा

युग परिवर्तनको आशा मेटिएको छ रेसमा

उछिन्नु किन जनको भावनासङ्ग

नखेल

निर्धनको त्यो लाचारी देखिएको छ फेसमा ।

 

अन्याय चरम भए फेरि आवाज चर्कनेछ

पीडाका शब्दपुञ्ज गोला बारुद बर्सनेछ

अन्धभक्त होइनौँ केवल समर्थन हो बुझ

विश्वास जनको तोड्दा आफ्नै बोली सर्कनेछ ।

 

पीडा कह्यो नबुझ्दा देहमा पेट्रोल छर्कियो

श्रमिकको मर्म नबुझ्दा हरकोही झर्कियो

भरोसाको दियो निभ्ला बुझ हरएक मनबाट

न्याय गर्न नसक्दा विश्वासको मियो घर्कियो ।

 

न्यायमूर्ति सुन् मनका पीडा कसलाई कहून्

चोटमाथि चोट नदेऊ ऐया कसलाई भनून

पाशविक व्यवहार भो निन्दनीय भयो कर्म

बहिरो भयो शासन विलाप कसलाई गरून् ।

 

ओइरो हाल पहिरो झर्ला बनाऊ नीति त्यस्तै

सर्वहाराको आँसुले पोल्ला सपार विधि उस्तै

आँफु राखी हेर ठाउँमा लाग्छ थिती बस्न पनि

दायरा बढाऊ दीनताको ल्याऊ निधी मस्तै ।

 

 

 

civil hospital
Hams Hospitals