कविता : हेर जमाना
वि.सं.२०८३ साउन १० आइतवार
shares
तन्त्रको गतिलो झापड टेकिएको छ देशमा
युग परिवर्तनको आशा मेटिएको छ रेसमा
उछिन्नु किन जनको भावनासङ्ग
नखेल
निर्धनको त्यो लाचारी देखिएको छ फेसमा ।
अन्याय चरम भए फेरि आवाज चर्कनेछ
पीडाका शब्दपुञ्ज गोला बारुद बर्सनेछ
अन्धभक्त होइनौँ केवल समर्थन हो बुझ
विश्वास जनको तोड्दा आफ्नै बोली सर्कनेछ ।
पीडा कह्यो नबुझ्दा देहमा पेट्रोल छर्कियो
श्रमिकको मर्म नबुझ्दा हरकोही झर्कियो
भरोसाको दियो निभ्ला बुझ हरएक मनबाट
न्याय गर्न नसक्दा विश्वासको मियो घर्कियो ।
न्यायमूर्ति सुन् मनका पीडा कसलाई कहून्
चोटमाथि चोट नदेऊ ऐया कसलाई भनून
पाशविक व्यवहार भो निन्दनीय भयो कर्म
बहिरो भयो शासन विलाप कसलाई गरून् ।
ओइरो हाल पहिरो झर्ला बनाऊ नीति त्यस्तै
सर्वहाराको आँसुले पोल्ला सपार विधि उस्तै
आँफु राखी हेर ठाउँमा लाग्छ थिती बस्न पनि
दायरा बढाऊ दीनताको ल्याऊ निधी मस्तै ।





























