कांग्रेसको एमसीसी राजाको योगबल र डिल्लीराम कडारिया
नारायण आचार्य
वि.सं.२०७८ फागुन ४ बुधवार
shares
धर्म संस्कृतिकाे चर्चा मात्र होइन् राजनीति मार्फत पनि मुलुकलाई सार्वभौम तथा देश र जनता प्रति कसरी उत्तरदायित्व वहन गर्ने भन्ने निर्देश गरेको आदी ग्रन्थ महाभारतको कुनै एक प्रसंगमा हुनै लागेको युद्धलाई रोक्ने उद्देश्यले तत्कालिन समयका कौरव र पाण्डव बिचकाे सहजकर्ताको रुपमा ब्रमाण्ड नायक भगवान श्री कृष्ण आतिथ्य तथा वास बस्नको लागि तत्कालिन कौरव संस्थापनले शिशुपालको सुविधा सम्पन्न निवास चयन गर्छन ।
तर सहजकर्ताको रूपमा आएका भगवान श्रीकृष्ण शिशुपालको सुविधा सम्पन्न निवास तथा खानाको लागि प्रस्ताव भएको ८४ व्यञ्जन समेत अस्विकार गरि केहि दुरि परको शहरको छेउ ग्रामीण वस्तीमा रहेको खरले छाएको विदुरको निवासमा गई वास वसी सामान्य खाना नै ग्रहण गर्नु भएको प्रसंग उजागर भएको छ ।
यस प्रसंगलाई नेपाल तथा भारतका स्वघोषीत पण्डितहरूले विभिन्न अर्थ लगायता पनि यसको लाक्षणिक अर्थ भने जहाँ सत्य त्यहाँ विजय भन्ने नै हो । अझ सामान्य अर्थमा भन्नु पर्दा शिशुपाल जस्तो लुच्चो लफुङ्गो समाजलाई आक्रान्त पार्ने अन्तर्राष्ट्रिय पात्रलाई त्याग गरी देश र जनताको भावनालाई केन्द्रमा राख्ने राजवादी छवि बनाएका पात्र विदुरलाई नै सामाजिक गर्नुपर्ने सन्देश यस प्रसंगले दिएको छ ।
नेपालको पछिल्लो राजनीतिक परिवर्तनको परिणामले शिशुपाल प्रवृतिको अन्त्य भई विदुर भावनानै सामाजिक करण हुन्छ भन्ने आम जनमानसले सोचेका थिए, तर हाल आम जनचासो र विवादको विषय बन्दै आएको एमसीसी मामलामा आम जनमानस कित्ता काट हुन गई गम्भिर राजनीतिक अवस्था तथा सदियौ देखि मजबुत भएको राष्ट्रिय एकता नै धरापमा पर्ने राजनीतिक मार्गचित्र देखिन थालेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीको प्रधान कार्यालयलाई पढाइएको पत्रको पर्दाफास भए सँगै मुलुकको राजनीतिक एकएक तरङ्गीत भै रहेको बेला बेमौषमी वाजाको रूपमा छापामार शैलीमा देखा परेको प्रधान न्यायाधीशको महाभियोग प्रकरण देश र जनताको लागि होइन्, केवल तरवार वेचुवा र घ्यु वेचुवा को लागि ल्याइएको राजनीतिक अवयव मात्र सावित भएको छ । असंलग्न परराष्ट्र नीतिकाे संस्थापक आर्थिक विकासको मेरुदण्ड मानिएको भुमीसुधार कार्यक्रमका डिजाइनर तत्कालीन राजा महेन्द्रबाट प्रभावित भएर अमेरिका तथा युरोपेली राष्ट्रहरुले विना शर्त वैदेशिक सहयोग गरे कै थिए राजा विरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव होस् वा नेपाललाई एसियाली मापदण्डमा पुर्याउन वहु आयामिक योजनामा समेत तत्कालीन समयमा अमेरिकाको सहयोग विना शर्त नै थियो ।
राजा ज्ञानेद्रको शासनकालमा समेत दातृ राष्ट्रबाट आउने सहयोगमा शर्तहरु राखिएको थिएन् । राजा ज्ञानेन्द्रले सत्ता जोगाउन कुनै पनि विदेशी शक्तीसँग सौदावाजी गरेको देखिएन त्यसैले पनि वैदेशिक सहयोगमा शर्तहरु थिएन । धर्मको गती शुक्ष्म हुन्छ त्यसैले त गीतामा भनिएको छ । स्वधर्मे निधन श्रेय परधर्म भयावह… तत्कालिन समयमा नेपाली राजसंस्थाको स्वधर्म अर्थात राजधर्मको योगवलको कारणले नै यस्ता किसिमका शर्तहरु देखा नपरेको कुरा इतिहासले देखाउँछ ।
हाल सत्ताको वागडोर समातेको कांग्रेस आज कुहिराे भित्रको काग बनेर हराइरहेको छ, किनकी यसले २०६३ को परिवर्तन पछि धर्म सस्कृतिको संरक्षण गर्न सकेन भने कठिन परिस्थीतिमा पार्टीमा अहोरात्र खटिने कैंयौं योद्धाहरु आज पनि पार्टीको मुलधार भन्दा बहिर छन् । जसको ज्वलन्त उदाहरण लक्ष्मण घिमिरे, गोविन्द राज जोशी जस्ता कुशल संगठक पार्टीको कार्यकारी पदमा नहुनुलाई लिन सकिन्छ ।
यतिवेला कांग्रेसमा अवसरवादीहरूकाे नै विगविगी देखिएको छ । छेपाराले रूप फेरे झै गाई सत्तामा हुुँदा गाईलाई जल चढाएर परिक्रमा गर्ने भैसी बलियो हुदाँ भैसीलाई टीका लगाएर ढोग गर्ने कुकुर बोलवाला भएको समयमा कुकुरहरुको माझमा गई चर्को स्वरले भुक्ने आर्थिक रूपले सम्पन्न गुरु समाजमा बोलबाला हुदाँ जांगे हल्लाउँदै दसैँमा टीका लगाउन लिगलिगे दौड गर्ने प्रवृत्ति भएका व्यक्तिका कारण नै कांग्रेस आज पनि धाराशाही अवस्थामा रहेको छ ।
तर यतो धर्म स्ततो जय : अर्थात जहाँ धर्म त्यहाँ विजय भने झै काग्रेसको हाले सम्पन्न १४ औ महाधिवेशनले कतिपय पालिकाका कार्यकर्ताले लुच्चो लफुङ्गो छेपारे शिशुपाल प्रवृत्तिबाट आहात भएर महान त्यागी तथा विदुर विचार धाराका अनुयायी डिल्लीराम कडारियालाई समाजिकिकरण गरेकोमा जनताले अर्थपुर्ण रुपमा हेरेका छन् ।
अबको डिल्लीराम कडारिया कांग्रेसकाे मात्रै होइन् जनताको साझा व्यक्तित्व कत्तिको वन्नु हुनेछ त्यो समयले नै देखाउने छ । अन्तमा १४ औ महाधिवेशनबाट पुन: सभापति बनेका प्रधानमन्त्री शेर बहादुर देउवाले गठवन्धनको चिन्ता छोडेर मुलुकको तरल राजनीतिलाई लिकमा ल्याउन अहोरात्र प्रयास गरि सर्वाधिक विवादित बनेको एमसीसीलाई कुटनीतिक प्रयास मार्फत फिर्ता गर्नु नै जनताको चाहाना रहेको छ ।
राजनीतीक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास “अवको गन्तव्यका” लेखक हुनुहुन्छ ।





























