ठमेल क्षेत्रका व्यवसायीले लगाए कोरोनाको खोप

1.6K
shares

काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन्।

ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुशि भएका हुन्।

चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन्।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाईसकेको बताए।

खोप लगाएपछि व्यवसाय गर्न सहज हुने शर्माले बताए।

काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेल कोरोना संक्रमणको जोखिम रहित क्षेत्र भएको सन्देश दिन खोजेको परिषद्ले बताएको छ।

civil hospital
Hams Hospitals