सशस्त्रका डीआईजी शाह उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित
वि.सं.२०८० माघ ९ मंगलवार
1.6K
shares
shares
काठमाडौँ । सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाहलाई यस वर्षको उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित भएका छन् ।मधेश प्रदेशको छिन्नमस्ता बाहिनी मुख्यालय प्रमुख शाह उत्कृष्ट बाहिनी अवार्डबाट सम्मानित भएका हुन् ।
२३औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरे ।सो क्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए ।सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने उनको भनाई छ।





























