भन्सार छलेर ल्याइएका लाखौँको सामान बरामद, लागु औषधसहित १ जना पक्राउ

12.6K
shares
Nabil bank

 

रौतहट। रौतहट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरको भारतीय सामान बरामद गरेको छ । भारतीय नम्बरका ४ वटा मोटरसाइकलमा ५ लाख ३४ हजार ९५० बराबरको किराना सामान र कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले ती सामान बरामद गरेको हो ।

 

बरामद सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । त्यस्तै प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। फतुवा विजयपुर नगरपालिका ८ का २८ वर्षीय सञ्जयकुमार दासलाई प्रहरीले नाईट्रोभेट १० एमजीको २८९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय मौलापुराका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमान्डमा खटिएको प्रहरी टोलीले मौलापुर ५ मा चेकजाँचको क्रममा ना १३ प ४१९२ नम्बरको मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएको हो ।दासमाथि लागु औषधसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x