मालपोतका नासु घुस सहित पक्राउ

1K
shares

काठमाडौं।घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुका नायव सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

 

आयोगको बुटवलबाट खटिएको टोलीले गत वैशाख २४ गते उनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा जग्गा नामसारी गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घुस बुझेको खुल्न आएको अख्तियारले जनाएको छ ।

 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

civil hospital
Hams Hospitals