आज असार २५ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

38.6K
shares
Nabil bank

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। काम बन्नाले मनग्य धन आर्जन हुनेछ।

 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ।

 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चुनाैतीपूर्ण काम सम्पादन गरेर पनि धन आर्जन गर्न सकिनेछ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। खर्च बढ्नाले अर्थअभाव देखिए पनि आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। अवसरका लागि दौडधुप गर्नुपरे पनि रोकिएका काम बन्नेछन्। पछिका लागि लगानी बढाउने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ।

 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

चिताएको काम सम्पादन हुनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर काममा साथीभाइबाट सहयोग नमिल्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्नेछन्। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। व्यवसायको सन्दर्भमा यात्राकाे साइत जुर्न सक्छ।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्।

 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्य कमजाेर हुनेछ भने काममा विलम्ब हुन सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। तत्काल फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x