आज नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा, कारोबार करिब १० अर्बले घटेर १८ अर्ब बढीको कारोबार

16.4K
shares
Nabil bank

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.११ अंकले बढेर दुई हजार ९ सय ६८ दशमलव ४४ विन्दुमा बन्द भएको हो ।

 

आज नेप्सेमा १८ अर्ब ९० करोड ६३ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १०० वटाको बढेको छ भने १४० वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् । यसक साथै आज पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६६ करोड २ लाख बराबरको कारोबार भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x