आजबाट माैसममा सुधार आउने

2.6K
shares

काठमाडौँ । यास चक्रवातको प्रभाव घट्दै गएपछि आजदेखि मौसममा सुधार हुन थालेको छ ।

 

बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना छैन । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने महाशाखाले जनाएको छ ।

civil hospital
Hams Hospitals