‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’: प्रचण्ड

16.9K
shares
Nabil bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताएका छन् ।माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताएका छन् ।

 

‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा र कमिशनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’ पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए । केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन् । उनले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताए ।

 

प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए ।प्रचण्डले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा १/१ महिने अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x