समाचार प्रकाशन भएपछि मन्त्रालय र नेता गुहार्दै कर्मचारी
वि.सं.२०८१ चैत २२ शुक्रवार
shares
काठमाडौ ।सिंहदरबारन्युजले भ्रष्टाचार र अनियमितताको समाचार प्रकाशन गरेपछि भ्रष्ट सुव्वाले मन्त्रालयका कर्मचारी र सगठनका नेता गुहार्न थालेका छन् । सिहवदरबारज्यूजले मालपोत कार्यालयमा भएको अनियमितताको समाचार प्रकाशन गरेको थियो । नायव सुब्बा रामेश्वर कुइकेलले गरेका अनियमित काम र उनको बिकृतिका बारेमा समाचार प्रकाशन भएको थियो । नियम बिपरित मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरिरहेको कुइकेल दस बर्ष एउटै मालपोत कार्यालयमा बसेर अनैतिक काम गरिरहेका छन ।
उनको समाचार प्रकाशित गरेपछि मन्त्रालय र कर्मचारीका नेताहरुलाई हारगुहार गर्न पुगेका हुन।
मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुसररिसवत लिदैंगर्दाको अबस्थामा पक्राउ परेका कर्मचारी हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट पक्राउ गरेको थियो ।
सामान्य कर्मचारी भएपनि उनको आर्थिक हैसियत देखेका छिमेकी समेत हाम्रो सम्पर्कमा आएका छन । कुइकेलले गरेको भ्रष्ट कामले सीमा नाघेको उनीहरुको भनाइ छ । नायव सुब्बाले मालपोतमै बसेर माथिल्लो निकायमा पनि पैसाकै भरमा साम्राज्य जमाएको भूमि व्यवस्था मन्त्रालयका एक कर्मचारीले बताए ।
हाल उनी करौडौंका मालिक छन्। अलिसानको बंगालमा बास बस्ने कुइकेलको सम्पत्ति छानबिन हुनु पर्ने भन्दै सम्पत्ति सुदृढीकरणमा पनि उजुरी परेको छ ।
मालपोतमा बसेर कर्मचारीका नेताहरुलाई समेत कमिसन लैजानेमा कुइकेलको नाम अग्र भागमा आउँछ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:




























