कम्पनी रजिष्ट्रार कार्यालयमा असुली धन्दा रोकिएन
वि.सं.२०८२ जेठ ९ शुक्रवार
shares
काठमाडौँ ।सरकारी कार्यालय मध्ये साह्रै बदनाम एउटा कम्पनी रजिष्टार कार्यालय पनि हो । जसमा कर्मचारीले सेवाग्राहीलाई अनेक बहाना देखाएर अवैध असुल्ने गरेका छन् । अझ त्यहाँ पब्लिकको प्रत्यक्ष काम हुने शाखामा बिचौलिया नभई कामै हुन्न । सेवाग्राही आफैँ जाँदा अनेक बहानामा झुलाउने कर्मचारीले बिचौलिया जाने बितिक्कै भटाभट काम गर्छन् । पब्लिक शाखामा हाइड्रोपावरहरूको ओटिसी नल्याएपनि अवैध रकम असुलेर अवैध रुपमा काम भइरहेको त्यहीका कर्मचारी नै बताउँछन् ।
पब्लिक शाखाको जिम्मेवारीमा ऋषिकेश पौडेल, सूर्य चापागाईँ र भीमप्रसाद पराजुली छन् । । सहायक रजिस्ट्रार रबिन कार्की देवेन्द्रविक्रम शाह, नायबसुब्बा सुमन भट्टराई यसका मतियार रहेको एक खरिदारले बताए । ऊनीहरूको मिलेमतोमा प्रमुख काम ओटिसी नै नगरी काम गरिरहेको छ । पटक पटकको अनियमिता भएपछि अख्तियारले अनुसन्धानको काम पनि सुरु गरेको छ । बिहीवार आयोगले निरीक्षण पनि गरेको थियो ।
अनुगमनको लागि जाँदा भीमप्रसाद पराजुली र सुमन भट्टराई अफिस आएर पनि उक्त अनुगमन आएको थाहा पाएपछि अफिसबाट फरार भएको अख्तियार स्रोतले जानकारी दियो । तर, उनीहरूको हाजिरी भएको देखिन्छ ।
कम्पनी रजिष्ट्रार कार्यालयको बदमासीको विषयमा बारम्बार सिंहदरबार न्युजले प्रकाशित गरेपछि अहिले केही सुधार भने भएको छ । विगतमा दश वटा मात्र काम हुने यहाँ अहिले प्रणालीमार्फत २५ वटा काम हुने व्यवस्था गरिएको एक कर्मचारीले बताए ।
त्यसोत सुमन भट्टराई पब्लिक कम्पनी शाखाको बिचौलिया कर्मचारीको रुपमा चिनिन्छन् । उनी पब्लिक शाखामा आएका ग्राहक र सेवाग्राहीबाट अतिरिक्त असुली नगरी कामै गर्दैनन् । अरु कर्मचारीले गरेको काममा समेत कमिसन मागेपछि उनको विरुद्ध उजुरी नै परेको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर नै सुईक्याउने सुवेदी साप




























