आज जेष्ठ २५ गते आईतवारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

55.9K
shares
Nabil bank

 

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

 

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। सावधानीले पनि क्षतिबाट जाेगाउनेछ।

 

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्।

 

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ।

 

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार प्राप्त हुनेछन्।

 

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

 

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। साथीभाइ टाढिनेछन् र काम बिग्रने डरले सताइरहनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। हाेसियारपूर्वक काम बनाउने समय छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। यात्राको साइत पनि जुर्न सक्छ।

 

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

 

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। तापनि संघर्षपछि लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। विशेष योजना बन्नेछन्। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ।

 

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

 

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x