आज साउन ०९ गते शुक्रबारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

31.9K
shares
Nabil bank

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि आफन्तमा असमझदारी बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दिउँसोतिर रोकिएका काम आंशिक रूपमा बन्नेछन् भने उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। मिहिनेत गर्दा रोकिएका काम पुनः सञ्चालन हुन सक्छन्।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको राय लिएर मात्र अघि बढ्नुहोला।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पाहुनाहरूको सत्कार र खानपानमा समय बित्न सक्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

श्रमको उचित मूल्यांकन हुनाले आम्दानी बढ्नेछ। पूर्वाह्न कालको मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ। अवसरको खोजीमा केही दौडधुप र खर्च समेत गर्नुपर्ने हुन सक्छ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने बेला छ। दिउँसोदेखि धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा दाम र इनाम प्राप्त हुन सक्छ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा केही काम गर्न सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अवरोधका बाबजुद तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि दिउँसोदेखि केही काम सम्पादन हुनेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थिति अनुकूल रहे पनि धनमाल हराउने डरले सताउन सक्छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ। व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। मिहिनेतको फल प्राप्त गर्न सकिनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। दिउँसोदेखि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका सन्दर्भमा यात्राको अवसर प्राप्त हुनेछ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको मेसो नमिल्दा व्यवहारमा केही अलमल हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। केही समय प्रतीक्षा गर्नुपरे पनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। भौतिक साधन जुट्नाले केही लाभ हुनेछ। साहसी काम गरेर फाइदा उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्न सक्छन्।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अध्ययनमा ध्यान नजाने हुँदा गुरुजनको मार्गदर्शन उपयोगी हुन सक्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x