एमाले सचिवमा महेश बस्नेत सर्वाधिक मतसहित शीर्ष स्थानमा, कस्को मत कति ?
वि.सं.२०८२ पुस ३ बिहीवार
shares
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुने नेताहरूमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । कुल १ हजार ५३४ मतसहित बस्नेत शीर्ष स्थानमा रहँदै सचिवमा निर्वाचित भएका हुन् ।
महाधिवेशन अन्तर्गत लोकप्रियता मतका आधारमा सम्पन्न निर्वाचनमा पद्मा कुमारी अर्याल १ हजार ५३० मतसहित दोस्रो स्थानमा रहिन् । त्यस्तै छविलाल विश्वकर्मा १ हजार ५०६ मतसहित तेस्रो, शेरधन राई १ हजार ५०३ मतसहित चौथो तथा हिक्मत कुमार कार्की १ हजार ३३७ मतसहित पाँचौँ स्थानमा रहँदै सचिवमा निर्वाचित भएका छन् ।
यसैगरी खगराज अधिकारी (१,३३१ मत), यमलाल कडेल (१,१८५ मत), राजन भट्टराई (१,१८१ मत) र भानुभक्त ढकाल (१,१०८ मत) पनि सचिव पदमा विजयी भएका छन् । यससँगै सचिव पदका लागि निर्वाचित हुने ९ जनाको सूची पूरा भएको छ ।
सचिव पदको प्रतिस्पर्धामा ईश्वर पोखरेल प्यानलका उम्मेदवार गोकुल प्रसाद बास्कोटा १,०३० मतसहित १०औँ स्थानमा रहँदै पराजित भएका छन् । त्यस्तै ठाकुर प्रसाद गैरे (८८३), रचना खड्का (८७७), कर्णबहादुर थापा (८४७), लाल बाबु पण्डित (७९६), अग्नि प्रसाद खरेल (७१६), विनोद प्रसाद ढकाल (६८४), कृष्ण गोपाल श्रेष्ठ (६२५), पेम्वा लामा (४९३), पुर्सोतम पौडेल (४६२) र इन्द्रलाल साप्कोटा (४०५) पनि पराजित भएका छन् ।
सचिव पदका लागि भएको निर्वाचन विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न गरिएको थियो । सुरुमा प्राविधिक कारणले केही ढिलाइ भए पनि समय थप गरी मतदान प्रक्रिया सम्पन्न गरिएको थियो । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताबीच मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
सचिव पदलाई पार्टी संगठनको महत्वपूर्ण कार्यकारी तहका रूपमा लिइन्छ । नयाँ सचिव टोली चयनसँगै अब एमालेको केन्द्रीय कमिटी गठन, जिम्मेवारी बाँडफाँट तथा संगठन विस्तारका काम थप प्रभाव




























