सरकारी वकिलको ‘प्रेमकथा’

107.8K
shares
Nabil bank

काठमाडौं । ‘कता गयौ तिमी कहाँ छौं, जहाँ छौ तिमी सँधै खुसी हौ’ । यो प्रेमिल शब्द समेटिएको गीतका रचनाकार हुन् केशव गौतम। ‘प्रेमकथा’ बोलको गीतमा गौतमले युवायुवती बिचको प्रेम सम्बन्ध, प्रेमको स्थायित्व र सम्झनालाई शब्दमा बाधेका छन्।

आधुनिक शैलीमा तयार पारिएको यसले युवा अवस्थामा हुने प्रेम र ती क्षणका तस्वीरलाई शब्दमा उतारेर प्रेमिल भावलाई व्यक्त गरेको छ ।
गौतमका अप्रकाशित गीत र कविता धेरै छन्। उनका कतिपय शब्दहरु डायरीमै सिमित छन्, जति गायनमा वा प्रकाशनमा आएका छन् ती सबै उनलाई चिनाउने आधार बनेका छन् ।
पेशाले सरकारी जागिरे रहेका उनी सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख हुन् । तर उनी आफुलाई गायनका क्षेत्रमा ‘केपी۔ सागर’का नामले चिनाउँछन। प्रेमकथामा भने उनी केशव गौतमकै नामले देखिएका छन्।

प्रस्तुत गीतमा सिडी बिजय अधिकारीले आवाज दिएका छन्। अधिकारीको सुमधुर आवाजमा संगितकार राजकुमार बगरले संगीत भर्दा यो गीतले युवा उमेर र प्रेमिल दिनलाई स्मरण गराउन बल पुर्याएको सुनिन्छ।

गीतले आफुसँग प्रेममा रहेकी प्रेमिकाको स्मरण गर्दै विगतमा मनका पीर ब्यथा सुनाउने ठाउँ अहिले नभएको भाव व्यक्त गरेको छ र आफ्नी पूर्व प्रेमीकाको स्मरण बलियो बनाएको छ । गीतमा रचनाकार गौतमले प्रेममय उमेरको वर्णन गरेका छन्। त्यतीमात्र होइन सम्बन्धमा हुने खटपटले पनि विछोडको अवस्थामा पुर्याउने र सम्बन्ध एकादेशको कथा बन्ने भावको सार गीतकारको छ।

प्र्रस्तुत ‘प्रेमकथा’ गायक अधिकारीको युट्यूव च्यानलमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भिडियोले झनै उत्कृष्ट सौन्दर्यता प्रस्तुत गर्दै प्रेमलाभका लागि उपयुक्त स्थानको आभास दिलाएको छ। भिडियोमा गायक अधिकारी र सृष्टि श्रेष्ठको अभिनयले शब्दलाई प्रेमको तालमा दौडाएको छ।

गीतका शब्द, अब्बल गायन र संगीतको कौशलताले मात्र गीतलाई उचाइ दिएको छैन उत्कृष्ट दृश्यको संयोजनले झनै हावा र पानीको बहावमा प्रेमलाई डुंगामा तारिदिएको छ ।
पछिल्लो समय यो गीत टिकटकमा पनि धेरै रुचाइएको छ । धेरैले आफ्नो टिकटकमा आफ्नो अभिनयमार्फत उतारेका छन्।

रचनाकार गौतमले सो गीतको रचना समाजमा भोगिएका कथा, कहानी, चलचित्र उपन्यासवाट अनुभूत गरी जन्मिएको र त्यही शब्दहरुलाई गितमा प्राण भर्ने कोसिस गरिएको बताए। उनले टिकटकका प्रयोगकर्ताहरुको रोजाइमा यो गितले पाएको मायाले आफुलाई हौसाएको सुनाए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x