नेपाल दूरसञ्चार प्राधिकरणमा बेथितिको चाङ्ग, अर्बौँ बक्यौता उठ्न बाँकीदेखि बढुवामा पनि बिकृति

426
shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणभित्र प्रशासनिक बेथिति देखिएको छ । विगत आठ वर्षदेखि वरिष्ठ निर्देशक पदमा बढुवाको प्रक्रिया अगाडि बढेको छैन । बढुवाका लागि सात जनाको नाम छनोट गरिए पनि निर्णय प्रक्रिया अघि नबढ्दा केही कर्मचारीले अदालतको ढोका ढकढक्याएका छन् ।
यस विषयमा अध्यक्ष भण्डारीले नियमअनुसार हुने प्रक्रिया भएकाले थप जानकारीका लागि प्रवक्तालाई सम्पर्क गर्नका लागि सुझाव दिए ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सँग प्रतिक्रिया लिन जाँदा सम्बन्धित अधिकारीहरूले लिखित रूपमा विवरण पेश गर्न आग्रह गरे ।

विरोधाभासपूर्ण रूपमा, इन्टरनेट सेवा प्रदायकहरूलाई नियमन गर्ने एनटीएको आफ्नै वेबसाइट समेत लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालनमा ल्याएको छैन ।
त्यसोत प्राधिकरणमा सेवा प्रदायक कम्पनीहरूबाट उठाउनुपर्ने ठूलो रकम बक्यौता रहेको पाइएको छ । तर नियामक निकाय स्वयंले त्यसको प्रभावकारी उठानमा चासो नदेखाएको आरोप उठेको छ ।

प्राप्त विवरणअनुसार क्लासिक टेक नामक इन्टरनेट सेवा प्रदायक कम्पनीबाट करिब ४७ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । त्यस्तै वर्डलिङले करिब १० करोड र वेब सर्फरले करिब १५ करोड रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ । यी रकमहरू २०७६ सालदेखि नै संकलन हुन नसकेको अभिलेखमा देखिन्छ ।

यसबारे प्राधिकरणका अध्यक्ष उपेन्द्र भण्डारीसँग जिज्ञासा राख्दा उनले आफूलाई विस्तृत जानकारी नभएको भन्दै उल्टै ‘तपाईंलाई कहाँबाट जानकारी आयो ?’ भन्ने प्रतिप्रश्न गरेका छन् ।

प्राधिकरणले भने कम्पनीहरूलाई ताकेता गरिएको र आवश्यक परे कारबाही प्रक्रिया अघि बढाइने दाबी गर्दै आएको छ । तर यति ठूलो रकम लामो समयसम्म असुल नहुनुले नियामकको भूमिकामाथि प्रश्न उठाएको छ ।

civil hospital
Hams Hospitals