Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

741
shares

 

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

 

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६९ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो २३ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।

 

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

 

घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) ९० रुपैयाँ, तीते करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ३५ रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ६० रुपैयाँ , परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, घिरौला प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो ५५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

 

रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ८० रुपैयाँ, तोरीसाग प्रतिकिलो २५ रुपैयाँ, मेथी प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १३० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

 

यस्तै समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, कागती प्रतिकेजी ३२० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २५० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals