नेप्से परिसूचक ९.२४ अंकले घटेर २,७७७.१० बिन्दुमा बन्द , ४ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार
वि.सं.२०८३ जेठ १२ मंगलवार
2.5K
shares
shares
काठमाडौं ।सेयर बजार परिसूचक नेप्से आज सामान्य गिरावटका साथ बन्द भएको छ। नेप्से ९.२४ अंकले घट्दै २,७७७.१० बिन्दुमा पुगेर बजार बन्द भएको हो, जसले ०.३३ प्रतिशतको गिरावट देखाएको छ। दिनभरको कारोबारमा बजारमा उतारचढाव देखिए पनि अन्त्यतिर बिक्री चाप बढ्दा परिसूचक नकारात्मक क्षेत्रमा रह्यो।
आज कुल कारोबार रकम करिब ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने १ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। बजारमा ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्रमा बजारमा घट्ने कम्पनीहरूको संख्या बढी देखिएपछि नेप्से परिसूचक दबाबमा परेको हो।
























