बालेन सरकारले पत्याएका शाखा अधिकृतमाथि अनुसन्धानको माग गर्दै उजुरी

5.2K
shares

 

काठमाडौं । पुराना कर्मचारीलाई हटाएर बालेन सरकारले कर्मचारी सरुवा गर्न ल्याइएका शाखा अधिकृत संजीव नेपालको सम्पत्ति, आयस्रोत तथा विभिन्न आर्थिक अनियमिततासम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरिएको छ।

उजुरीमा नेपाल अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणमा विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरेको, प्रभाव र पहुँचको प्रयोग गरी गैरकानुनी लाभ लिएको तथा त्यसबाट ठूलो रकम आर्जन गरेको आरोप लगाइएको छ।

उजुरीकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रभाव प्रयोग गरी कर्मचारी सरुवा तथा पदस्थापनामा आर्थिक चलखेल गरेको, रकम लिने कर्मचारीलाई आकर्षक कार्यालयमा पठाउने र आर्थिक लेनदेन नगर्ने कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गराउने कार्यमा समेत संलग्न रहेको दाबी गरेका छन्।

उजुरीमा अध्यागमन विभागमा रहँदा भिजिट भिसा व्यवस्थापनका नाममा ठूलो रकम असुल गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपसमेत लगाइएको छ। साथै, २०७५ साल फागुन ३० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृतका रूपमा सरुवा भएपछि हालसम्म काठमाडौं उपत्यकाबाहिर नपठाइनु पनि अनुसन्धानको विषय हुनुपर्ने उल्लेख गरिएको छ।

उजुरीकर्ताले नेपाल तथा उनका परिवारको नाममा रहेको चलअचल सम्पत्ति, बैंक खाता, लगानी, व्यवसायिक सम्बन्ध तथा आयस्रोतको विस्तृत छानबिन गर्न माग गरेका छन्। साथै पछिल्लो पटक नायवसुब्बा सरुवामा नेपालले आर्थिक चलखेल गरेको पनि उजुरीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

दशौँ वर्ष काठमाडौँमा फन्को मार्ने संजीव नेपाल रास्वपा सरकारका प्रिय  

civil hospital
Hams Hospitals