नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश
वि.सं.२०८३ असार १७ बुधवार
165
shares
shares
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो ।
नर्वेको जितका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यसैगरी, खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन । यस खेलको जितसँगै नर्वे अन्तिम १६ मा पुगेको छ ।





























