फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन विश्वकप २०२६ को फाइनलमा, उपाधिबाट एक कदम टाढा

570
shares

काठमाडौं। सशक्त प्रदर्शन गरेको स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै २०१० को विश्वविजेता स्पेनले उपाधि यात्रालाई निरन्तरता दिएको हो।

 

स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोर्रो नायक बने। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि प्राप्त अवसरलाई ओयार्जाबलले सदुपयोग गर्दै स्पेनलाई अग्रता दिलाए।

 

पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। ५८औँ मिनेटमा दानी ओल्मोको उत्कृष्ट पासमा पेड्रो पोर्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले पुनरागमन गर्ने प्रयास गरे पनि स्पेनको अनुशासित रक्षापंक्तिलाई भेद्न सकेन।

 

यस जितसँगै स्पेनले विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलबाट विजेता बन्ने अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

civil hospital
Hams Hospitals