एसियन गेम्समा अफगानिस्तानमाथि नेपालको शानदार जित

4.4K
shares
Nabil bank

 

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।

त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो।

अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरमध्ये कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे।

समूह ‘ए’ मा रहेको नेपालको यो प्रतियोगितामा पहिलो खेल हो। अफगानिस्तानले भने आफ्नो दोस्रो खेल खेलेको हो। उसले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।

पुरुष क्रिकेटमा एसियन गेम्समा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई भने सिधै क्वाटरफाइनलमा स्थान दिइएको छ। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x