समृद्धिको यात्रा, ओलीको गाईजात्रा

15.8K
shares
Nabil bank

काठमाडौं,  संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । शनिबार दिउँसो नागरिक समाजको आयोजनामा माइतीघर भण्डलामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको कदमविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाले सडक संघर्षको पहिलो दिन शंख बजार चर्को नाराबाजी गरेका छन ।

प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x