नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जनालाई विमानस्थलबाट पक्राउ
वि.सं.२०७७ पुस १९ आइतवार
14K
shares
shares
काठमाडौं, १९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान लागेका सात जनालाई विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो ।
सेन्टर डायग्नोस्टिक प्रयोगशाला तथा अनुसन्धान केन्द्र र ह्याम्स अस्पतालबाट नक्कली पिसिआर रिपोर्ट बनाई फ्लाई दुबइको उडान नं.FZ574 द्वारा काठमाडौंबाट दुबई जान लागेका सात जनालाई शनिबार बेलुका अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियाबाट पक्राउ गरिएको बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
Subscribe
0 Comments
Oldest

































