प्रकाश सपूतकाे “पीर” नयाँ मकै पर्व भएकै हो त?

3.1K
shares

राणाशासनको उत्तरार्धमा तत्कालिन कौशल अड्डाका सुब्वा कृष्ण लाल अधिकारीले “मकैको खेती” नामक पुस्तक प्रकाशित गरे । उक्त पुस्तकमा व्यङ्ग्यात्मक शैलीमा राणा शासनको खराब पक्षहरूको विरोध गरिएको थियो । ‌उक्त पुस्तकमा उल्लेखित प्रमुख वाक्यहरु यस्ता थिए । वि.स. १९०३ देखी मकैबालीमा कालो र रातो टाउको भएका किराहरु लाग्न थाले । कुनैपनि बालकका निम्ति चन्द्रोदय भिटामिन भन्दा आमाको दुध नै असल हुन्छ । हामी स्वदेशी भन्दा विदेशी कुकुरलाई माया गर्दछौँ, तर देशमा संकट आइपर्दा विदेशी भन्दा स्वदेशी कुकुर नै काम लाग्छन । आदि प्रशंगमा प्रतिकात्मक अर्थ भने वि.स. १९०३ साल भनेर जंगबहादुर अर्थात राणा शासनको उदयलाई एउटा रोगको रूपमा प्रस्तुत गरेको चन्द्रोदय भनेर राणाको प्रतीक र आमाको दुध भनेर राजालाई संकेत गरेको विदेशी कुकुर भनेर अंग्रेजलाई संकेत गरेको अर्थ लगाएर यहिँ अभियोगमा उक्त पुस्तकका लेखक कृष्ण लाल अधिकारी लगाएत उनका समर्थकहरु शम्भु प्रसाद ढुङ्गेल , सोमनाथ सिग्देल आदिलाई समेत तत्कालिन सत्ताले गिरफ्तार गरेको थियो ।

यस घटनालाई नेपालको इतिहासमा “मकै पर्व” भनेर चिनिन्छ । वास्तवमा मकै पर्वले देशको भावना नै बाेकेको राष्ट्रियताको सवालमा कहि कतै चुकेको थिएन् । तर तत्कालिन सत्ताले मकै पर्वको आवाजलाई सम्बोधन गर्नु पर्नेमा सहि आलोचना सहन गर्न नसकि दमन नीति अख्तियार गर्नु एक ऐतिहासिक भुल थियो । विसं २०५२ सालदेखि सबै नेपालीहरुको जीवन शैली सहज हुनुपर्ने, कुनैपनि नेपाली जीवनयापन कै लागि विदेशिन नपर्ने, राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्नु पर्ने आदि नविन उदेश्य लिएर तत्कालीन नेकपा माओवादीले आन्दोलन छाेडेकाे थियो ।

अन्ततः २०६३ को राजनीतिक परिवर्तन पछि नेकपा माओवादी नै पटक पटक देशको कार्यकारी पदमा पुग्यो। तर हिजो उसले आन्दोलनका क्रममा गरेका नविन उदेश्यहरुलाई पुरा गर्न भने सकेन् । जनताको जीवनशैली परिवर्तन हुनुपर्नेमा सिमित नेताहरूको मात्र जीवन शैली परिवर्तन हुनु हिजो आन्दोलनमा होमिएका लडाकुहरुलाई राज्यले संरक्षण नगर्नु बाध्य भएर कैयाैं लडाकुहरु विदेशिनु विदेशमा अलपत्र परि उद्धारको निम्ति अपील गर्दा आफ्नै पार्टीको मन्त्रीबाट बेवास्ता गर्नु आदि यर्थाथ वादी प्रतिकात्मक घटनाहरू लाई कलाकार प्रकाश सपुतको संगीत तथा साहित्य शील्पीले भरिपूर्ण “पीर” नामक गीत नै आज नयाँ मकै पर्व बनेकाे अवस्था छ ।

कलाकार सपूतले त सबै तह लाई मान्य हुने वैैदिक सनातनी ग्रन्थ यर्जुवेदले नै निर्देष गरेको  गात्राणि पर्वशस्ते सिमा : कृण्वन्त शम्यन्ति : अर्थात दिव्य गुणले मात्र सम्मान गर्न सक्ने तिम्रा दोषहरू विनाश गर्दै उत्तम मार्गमा नै आरूढ हुनुपर्ने भावना नै मुखरित गरेका हुन् । कलाकार सपुतको साहित्य शिल्पीबाट नेकपा माओवादी वर्तमान समयमा अझ बढी जनमुखी बन्नु पर्ने होइन र ? पूर्व लडाकुको व्यवस्थापनमा लागि पर्नु पर्ने होइन र ? विदेशमा अलपत्र परेका नेपालीहरुलाई तुरुन्त उद्दार तथा व्यवस्थापन गर्नु पर्ने होइन र ? युवाहरु विदेश पलायन हुन नपर्ने वातावरण सिर्जना गर्नु पर्ने होइन र ? तर कलाकार सपुतको शिल्पीबाट डराएर अनावश्यक दबाब दिनु आफैमा भर्सना गर्ने लायकको राजनीतिक घटना बनेको छ ।

तत्कालीन समयमा मकै पर्वको भावनालाई सम्बोधन नगर्दा अन्ततः सत्तासीन हरुको राजनीतिक पतन भएको थियो । कलाकार सपूतले हालै सार्वजनिक गरेका “पीर” नामको शिल्पी दोस्रो मकै पर्व नबनाेस्। पीरले उठान गरेका विषय वस्तुहरू राज्य स्तरबाट तुरुन्त सम्बोधन गरियोस् यहि नै आम नेपालीहरुको साझा आवाज बनेको छ ।

पूर्विय चिन्तक तथा राजनीतिक विश्लेषक नारायण आचार्य बहुचर्चित उपन्यास “अवको गन्तव्य” का लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals