सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहूँमा

मंसिर १५, २०७८ । सन्राइज बैंक लिमिटेडले तनहूँ जिल्लाको भानु न.पा.वडा नं.– ०४, सेपाबगैचामा शाखारहित बैंकिङ्ग Branchless Banking सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८० पुगेको छ ।

बैंकले भानु न.पा. वडा नं.– ०४, सेपाबगैँचामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा श्री फ्रविण राज बराल लाई नियुक्त गरेको छ ।

सोमबार, मिति २०७८/०८/१३ मा आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यत्रममा भानु न.पा. वडा नं. ६ का अध्यक्ष श्री टिकाराम हड्खलेको प्रमुख आतिथ्यता, सन्राइज बैंक, गण्डकी प्रदेश प्रमुख श्री सुजन पौडेल र भानु न.पा. वडा नं. ४ का वडा सदस्य दिपक थापाको आतिथ्यता र सन्राइज बैंक डुम्रे शाखाका शाखा प्रबन्धक श्री सन्तोष राज वाग्लेको सभापतित्वम तथा बैंकका अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हाल सम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८० वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १४८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro