पच्चीस सय सैनिकको सामूहिक पीडा

1.4K
shares

 

प्रत्येक वर्षझैँ यस वर्ष पनि २०८१ जेठ १६ गतेबाट २४ गतेसम्म नेपाली सेनामा कार्यरत कर्मचारीका लागि भनेर युनाइटेड नेशनबाट तोकेर आएको एमएसए अब्जरभर कोटा (४० देखि ६० लाख आउने) १४ जनाजति मागेकोमा ३ जना महिला कोटा बनाएर बाँकीमा राम्रै चलखेल गरियो परीक्षा लिने मान्छेले नै थेग्न नसक्ने गरी पावर आएको छ भनेको सुनियो । लिखित परीक्षा केटाकेटी खेलेको जस्तो थियो । दौडमा फेल भए, घर गए हुन्छ भनेर ब्रिफिङ गरेको ३० मीनेटमै ल तपाईहरूलाई अवसर छ, पुनः परीक्षा दिन पाउने भनियो र दौडमा फेल भएकाहरू पनि छनोट भए । दौड र सिट, अप पुस अपको केही मतलव भएन जबकि यसको पनि नम्बर जोडिन्छ भनिरहेका थिए परीक्षा लिनेहरूले । रिजल्ट लुकाएर १ जनालाई त्यत्तिकै वैकल्पिकमा राखी मिशनमा पठाउन लागिएको छ १ हप्ताभित्र । के इन्फेन्ट्री अधिकृत भनेर तोकिएको ठाउँमा प्राविधिकलाई पठाउन मिल्छ ?

यसरी आफूखुशी गर्ने भए सोझा कर्मचारीलाई टाढा टाढाबाट बोलाएर दुःख नदिएकै राम्रो हुन्थ्यो । झोला पउच लगाएर हतियारसहित २ माइल पास गरी मकी क्रलिङ गरी डबल डिच खाल्टो नाघे मात्र कम कोटामा निकै कम बूढा कर्मचारी शान्तिसेना जान पाउँथे । धेरै त शान्ति सेना नखाएरै पेन्सनमा जाने गर्थे तर रुक्मांगद कटवालको पालमा सबै कर्मचारीले सिनियारिटीबाटै समय पुगेपछि शान्ति मिशन जाने मौका पाए । त्यसपछि करिब २५०० संख्यामा रहेका कर्मचारी कसैले पनि वृत्तिविकासमा ध्यानै दिएनन् जबकि केही सयको हाराहारीमा रहेका प्राविधिक सेवाको वृत्तिविकास निकै राम्रो छ, उच्च दर्जासम्म दरबन्दी छ । एकै दर्जामा १० वर्ष बसे अन्य सरकारी निकायमा स्वतः बढुवा हुन्छ तर सेनाको कर्मचारीमा एकै दर्जामा बसेको धेरै वर्ष भए पनि सुवेदार दर्जामै घर जान्छन् ।

M.S.A. (अब्जरभर) Exam United Nations बाट नै UN Clerk भनी तोकिएर आउँछ तर जहिल्यै छानिएर जानेबेला ८० प्रतिशत प्राविधिक जान्छ । टाठाबाठा प्राविधिक र अन्यले भनसुन गरी एमटीमै जुन गाडीबाट परीक्षा लिने हो सोही गाडीमा प्राक्टिस गर्छन् । नजिकका मान्छेसँग सल्लाह लिएर दिनभरि खाली समयको सदुपयोग गर्छन् भने कर्मचारीलाई ठीक उल्टो छ । समय नै हुँदैन, त्यस्तो गाडी देखेको हुँदैन । कर्मचारीको साधारण शान्ति सेना १५ वर्षमा पनि आउँदैन, दोश्रो पटकको त झन् के कुरा गर्नु र ! गौरवसमशेरको पालामा काम गरी नजिक भएका कम्प्युटर महाशाखाका प्राविधिकले कर्मचारी मात्र होइन, जोसुकै प्राविधिक इन्फेन्ट्री पनि लड्न पाउने भनी शान्ति सेनाकै नियमावलीमा लेख्न लगाए । फलस्वरूप अगाडि बढी पैसा आउने मिशनमा ५ देखि ६ वटा नम्बरसम्म प्रत्येक पटक कम्प्युटर महाशाखाको प्राविधिक जान्छन् भने बचेको कम पैसा पाउनेमा कर्मचारी पर्छन् ।

तिनीहरू बाहिरबाटै IE गरेर आउँछन् । कर्मचारी मुस्किलले एस.एल.सी पास गरेर आएका हुन्छन् । फेरि फुर्सद तिनीहरूलाई बढी हुन्छ । तयारी गर्ने अवसर हुन्छ । कसरी स्तर मिल्छ ? उनीहरू साधारण शान्ति सेना २ पटक अनि अब्जरभर खान्छन् त्यसपछि अधिकृत हुन्छन् । सिधै कम्प्युटर महाशाखाका प्राविधिक मात्र भनेर खुलाए हुन्छ एमएसए (अब्जरवर) । कहिले चालक अनुमतिपत्र लिएको २ वर्ष हुनुपर्ने, कहिले जहिले लिएको भए पनि हुने । कर्मचारी उपत्यका बाहिर ४ वर्ष बसेको हुनुपर्ने अनि मिशनबाट फर्केपछि नेपालको अति दुर्गममा गएर काम गर्नुपर्ने महाशाखाका प्राविधिकलाई केही गर्नु नपर्ने ? उता प्राविधिकलाई पनि मिशनबाट फर्केपछि २ वर्ष कर्मचारी बनाएर दुर्गममा पठाउँदा कस्तो होला ?

कर्मचारीबाटै गएको प्रशासन अधिकृत हुनुपर्छ । अफिसमा बस्ने, झनक्क रिसाउने, बाघजस्तो झम्टिन आउने स्टाफ कलेज फेल अधिकृतलाई हेडक्वार्टरमा राख्ने होइन कि नेपाल चिनाउने ठाउँ ठाउँ घुमाइरहने बनाउँदा राम्रो होला ।

सेनामा पुजारीसमेत कर्णेल भएर घर गए तर साधारण कर्मचारीलाई अधिकृत हुने कागजमा नियम त छ तर आसेपासे एक वा दुई जनालाई मात्र । हुक्के बैठकेहरूलाई टीके प्रणालीबाट लप्टन नलगाइयोस् ३५ वर्ष नकाटेको पदिकमा १० वर्ष बसेको भन्ने शब्द छ, सबै ३५ नाघेका छन् तर मिल्दै नमिल्ने कुरा । संकटकालको सुरुवातसम्म पदिक क्याडेट लडेर भएका पनि हुन् यत्तिका अधिकृत खाली हुँदा हवल्दार तथा पदिक क्याडेट कर्मचारीलाई पनि लड्न दिए के हुन्छ ? पशुलाई त सिकाउँदा केही गर्छ भने एउटा कर्मचारीलाई पदिक क्याडेटमा लगेर ८ देखि १० महिना तालिम गराउँदा हुन्न !

लेखाले पैसा खेलाउने भएर उसको योगदान बढी हुने गणसम्म लप्टन चाहिने– साधारण कर्मचारीको चाहिँ कामै नभएर सुवेदार कर्मचारीको दरवन्दी काटेको हो ? लेखा समूहले कुस्त कमाउँछ, शान्ति सेना जान्छ, अधिकृत बन्छ, शानसँग जागिर खान्छ, कसैले केही भन्न सक्दैन तर साधारण कर्मचारीलाई आमाचकारी गाली, यही नै हो त नेपाली सेनामा कर्मचारीको हैसियत ?

– पीडित कर्मचारी

(साभार:जनआस्था साप्ताहिकबाट)

civil hospital
Hams Hospitals