skip this Bajaj motar bike

वडाध्यक्ष महतोको निधन, पालिकामा आज शोक बिदा

948
shares

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका वडा नं ३ का अध्यक्ष नन्दलाल महतोको निधन भएको ६९ वर्षिय महतोको आज उपचारको क्रममा निधन भएको हो ।क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनको निधनप्रति गाउँपालिका र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन् ।

 

भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगिएको थियो।महतो २०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा लगातार दुई पटक कांग्रेसबाट बसबरिया ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। । उनको निधनमा आज पालिकाभर शोक बिदा दिईएको छ ।

civil hospital
Hams Hospitals