Banner ad for NADA AUTO SHOW -2026

५० करोड रुपैयाँ बराबरको अवैध भेप बरामद, रमेश शेर्पा फरार

2.1K
shares

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा अवैध भेप बरामद गरेको छ । बुधबार चीनबाट अवैध रुपमा भित्र्याइएका ती भेप बरामद गरिएको विभागका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

 

विभागका अनुसार उक्त भेपको बजार मूल्य करिब ५० करोड रुपैयाँसम्म हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

 

उक्त भेप चीनबाट अवैध तरिकाले रमेश शेर्पा र पवन साह भनिनेले भित्र्याएको खुलेको छ । दुवै जना फरार रहेकाले खोजी कार्य जारी छ ।

 

विभागले उक्त घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

civil hospital
Hams Hospitals