घुसको समाचार लेख्दा कर्मचारी नेताको टाउको दुखाइ
वि.सं.२०८१ फागुन २६ सोमवार
shares
काठमाडौं ।अनियमितता र भ्रष्टाचारको समाचार लेखेपछि कर्मचारी नेताले नै मिलाईदिन पर्यो भन्दै पत्रकार गुहार्न थालेका छन् । सिंहदरवारन्यूज डटकमले रसुवा भन्सारमा भएको विकृतिका बारे समाचार लेखेपछि निजामती कर्मचारी युनियनका जल्दा बल्दा नेताले बिचौलियाको भूमिका निर्वाह गरेका हुन् ।
उनी सत्तारुढ दल काँग्रेस निकटका कर्मचारी हुन् । सिंहदरवार न्यूज डटकमले रसुवा भन्सारमा हुने घुस र त्यहाँका प्रमुख तुल्सी भट्राई र लक्ष्मण बास्तोलाको बदमाशीका बिरुद्ध समाचार प्रकाशन गरेको थियो । भन्सार जाँचपास भएको गाडीमा पनि प्रति गाडी तीसदेखि चालिसहजारसम्म घुस बुझ्ने प्रमुख भट्टराईले बास्तोला प्रयोग गरेर माथि बुझाउन पर्छ भन्दै रकम असुल गरिरहेका छन् ।
यही बिषयमा समाचार प्रकाशन भएको थियो । आफू वाहिर बसेर जाँचकीलाई प्रयोग गरेर थोरै राजस्वमा धेरै सामान पास गर्ने प्रमुख भट्टराईले घुस आफू खाने र जाँचकीलाई फसाउने गरेको त्यही कार्यरत कर्मचारीले बताएको सामाचार सिंहदरवारन्यूजमा प्रकाशित छ ।
सोही समाचारका बिषयमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका नेताले बिचौलियाको रुपमा प्रयोग भएर हाम्रो मान्छे हो मिलाईदिन पर्यो भन्दै हिँडेका हुन् ।
यो पनि पढ्न छुटाउनु भयो की…
र यो पनि पढ्नुहोस्:


























