भाटभटेनीले ठगेको भन्दै शरिरमा आगो लगाउनेसँग भाग्ने मीनबहादुर किन गर्दैछन् नौटंकी
वि.सं.२०८१ चैत २७ बुधवार
shares

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएर मर्न बाध्य पारेको उल्लेख गरेका थिए । उनको फेसबुक स्टाटसमा भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङ्गले पनि आफूलाई आर्थिक शोषण गरेका कारण अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका थिए । अघिल्लो दिन पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । तर, भोलिपल्ट बिहानै कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।
मृत्यु अघि लेखिएको सामाजिक सञ्जालको यो अभिव्यक्तिले मीनबहादुर माथि नेपाली कानुनले अनुसन्धान गर्न प्रेरित गर्छ । तर, यो बिषयमा मीनवहादुरले कुनै सहानुभूति वा प्रतिकृया जनाएनन् । आचार्यले स्पष्टसँग यस्तो अभिब्यक्ति लेखेर शरिरमा पेट्रोल खन्याएका थिए । –‘भाट्भटेनीका मीन बहादुर गुरुङजी । तपाईलाइ ३०% मार्जिन दिनुपर्ने ? अनि साना ठूला उत्पादक÷सप्लाएरले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा ? अनि अयलतचबअत मा १ महिना भित्र पैसा दिन्छौ भन्ने ? ३ महिनामा पनि सामानको पैसा नदिने ? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ । म इलामदेखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमीलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो । त्यै भएर भाट्भटेनीलाई सामान दिन छोडे मैले । तिमीहरु लुट्ने मात्र हौ । तिमीलाइ थाहा छ सामान उत्पादन गर्न कति दुःख छ ।’
यसरी मीनबहादुरले अथवा भाटभटेनीले ठगेको स्पष्ट लेख्दासमेत उनले मृतकको परिवारप्रति सामान्य सहानुभूति पनि जनाएनन् । उल्टो आफू निर्दोश भएको बयान प्रहरीमा दिएको चर्चा गराए । प्रहरीले पनि त्यसवेला औपचारिकतामात्र पूरा गरेको थियो । तत्कालिन काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नै मीनवहादुरलाई उच्च सम्मानका साथ बयान लिएको समाचार बाहिर आएको थियो । अहिले उनै मीनहादुर आन्दोलनका बेला भएका घटनालाई अतिरञ्जना गरिरहेका छन् । भटभटेनीमा आएका ग्राहकलाई भाटाले हानेको भन्दै एउटा सुरक्षाकर्मीलाई सिमित पैसा दिएर करोडौंको बिज्ञापन गरिरहेका छन् । लुटेरा भनेर पक्राउ परेकाहरुको बयानका आधारमा पनि धेरैजसो भाटभटेनीका ग्राहक थिए । सामान लिन स्टोर गएका बेला हुलदंगा भएपछि उनीहरुले हातमा भएका सामान बोकेर निस्किएका थिए । तर, भागवानरुपी आफ्ना ग्राहकलाई भाटा बर्षाउने लाई पुरस्कृत गरेर मीनबहादुरले असली चरित्र देखाएको बिश्लेषण हुन थालेको छ । लुटपाट हुनु सही हो भन्न खोजिएको होईन तर, उनले जसरी यो घटनालाई बिज्ञापनको माध्यम बनाए त्यसले ग्राहको अपमान गरेको पक्कै हो । त्यसोत उनले पछिल्लो समय राज्यले मागे हरेक सम्पत्ति दिन तयार रहेको अभिब्यक्ति दिएकाप्रति एमालेजन औधी खुशी भएको पनि सामाजिक सञ्जालमा देखिएका छन् । उनको बिचारलाई आहा कति सुन्दर बिचार भनेर एमालेका माथिल्लै तहका नेताहरुले लेखेको देखिएको छ ।
उनले भनेका रहेछन् । ‘यदि सरकारले आह्वान गर्छ भने, आम नागरिकले पनि दिन्छ भने म मेरो सम्पत्तिको ५०% देशको लागि दिन तयार छु । देश धनी हुन्छ भने म यो कोट पनि फुकालेर दिन तयार छु । यतिसम्मको त्याग तपस्या लिएर हिँडेको छु । हामीसँग यत्तिको सम्भावना हुँदाहुँदै पनि देश गरिब छ । हामी जहिले पनि नेगेटिभिटीमा नजाऔँ । यो देश बिकास नहोस् भन्ने ४÷५ हजारको समूह छ त्यसले देशलाई बर्बाद गरेको छ । यो देश सम्पन्न भए तपाईं पनि सम्पन्न हुनुहुन्छ । मेरो एउटै मात्र उद्देश्य छ सम्पन्न देशको नागरिक भएर मर्न पाऊँ ।’ भनेर उनले राजनीतिक नेतृत्वप्रति नै कटाक्ष गरेका छन् । र, आफूलाई सञ्चा दानबीरको दर्जामा उभ्याएका छन् ।
यो सवै नाटकमात्र हो । किनभने आफैलाई दोषी करार गर्दै शरिरमा आगो लगाउने एकजना किसानको छोरा मर्दा सामान्य सहानुभूति नदेखाउने मीनबहादुरले नाफा नहुने ठाउँमा खर्च गर्छन् भनेर कसले पत्याउने होला ?