राष्ट्रिय युवा संघको महासचिव पदमा राजन थापा सशक्त दावेदारका रूपमा अगाडि
वि.सं.२०८२ जेठ २ शुक्रवार
shares
काठमाडौ ।राष्ट्रिय युवा संघ नेपालको आगामी महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका लागि राजन थापा सशक्त र बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा देखिएका छन्।
यद्यपि, थापा स्वयंले उम्मेदवार बन्ने तयारी गरेको घोषणा नगरे पनि उनको संगठनभित्रको लामो योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा स्वाभाविक रूपमा उनको नाम महासचिवको लागि अगाडि रहेको छ।
युवा संघ जाजरकोट जिल्लाको उपाध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका थापा २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका थिए। त्यस यता युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी सम्हालिरहेका छन्।
थापाले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। विशेषतः संगठनमा उनले खेलेको खरो भूमिकाले उनको क्षमताको प्रमाण प्रस्तुत गरिसकेको छ र राष्ट्रिय युवा संघ नेपालको कुनै पनि कमिटीमा बस्न लाई ४० बर्ष नकटेको हुनुपर्ने बिधानत व्यवस्था छ यद्यपि राजन थापा उम्मेरले पनि ३५ बर्ष मात्र पुगेका छन साथै थापाले औपचारिक रुपमा घोषणा नगरे पनि थापा महासचिव पदका लागि संगठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेका छन् उनी कार्यकर्ताको माझमा अत्यन्तै लोकप्रिय पात्र पनि हुन र एक सशक्त र निरविकल्पका रूपमा हेरिएका छन्।






























