आज नेपाली बजारमा सुन सस्तो, चाँदी महँगो

1.4K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १६ सय रूपैयाँले घटेको हो। नयाँ मूल्यअनुसार आज सुन तोलाको रु. १,८९,३०० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको रु. १,९०,९०० मा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने थोरै वृद्धि भएको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा रु. १० ले बढेर रु. २,००५ मा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य, भन्सार दर, माग–आपूर्ति लगायतका आधारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

civil hospital
Hams Hospitals