पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

2.1K
shares

 

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

 

भण्डारी सचिवालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार वेबसाइटमा पूर्व राष्ट्रपतिको जीवनी, राजनीतिक यात्रा, राष्ट्रपतिकालीन कार्यकालमा निर्वाह गरिएको भूमिका, राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरू, मन्तव्य, सम्बोधन, सन्देश, फोटो तथा भिडियो सामग्री समावेश छन्। साथै, वेबसाइटमा समसामयिक राजनीतिक, सामाजिक, आर्थिक, भूराजनीतिक विषयमा व्यक्त विचार, संविधानवाद, सामाजिक न्याय, लैङ्गिक समानता र समावेशी लोकतन्त्रसम्बन्धी सामग्री पनि प्रस्तुत गरिएको छ।

 

पूर्व राष्ट्रपतिको योगदानको अभिलेखीकरण तथा समालोचनात्मक अध्ययनको लागि वेबसाइट उपयोगी हुने विश्वास सचिवालयले व्यक्त गरेको छ। वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको विचार, दृष्टिकोण र योगदानबारे जान्न चाहने सबैका लागि सुलभ स्रोतका रूपमा प्रस्तुत गरिएको जनाइएको छ।

 

यो वेबसाइटले इतिहासको दस्तावेजीकरणका साथै भावी पुस्तालाई संविधान, विचारधारा, राष्ट्रियता र समानताको मूल्यबारे जानकारी दिने माध्यम बन्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals