‘रगतले दागिएको पार्टीमा बस्दिनँ’—सुरज खरेलले एमालेसँगको सम्बन्ध विच्छेद
वि.सं.२०८२ भदौ २३ सोमवार
shares
दाङ । रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले एमाले पार्टी परित्याग गरेका छन् ।
उनले आज सामाजिक संजालमा लेख्दै एमाले त्यागेको घोषणा गरेका हुन् । स्टाटस सँगै उनले पार्टी सदस्यता कार्ड समेत सार्वजनिक गरेका छन् । २०६६ चैत १८ गते संगठित सदस्यता लिएका उनले निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्न आफ्नो नैतिकताले नदिएको उल्लेख गरेका छन् ।
‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु । निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।` उनले थप लेखेका छन् । ´म गर्वका साथ भन्छु अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन ।’
यसअघि युवा संघ लुम्बिनीको अध्यक्ष थिए । युवा संघले उनलाई अनुशासनहिन काम गरेको भन्दै पदबाट निलम्बन गरेको थियो । उनका वुवा ध्रुवराज एमालेबाट निर्वाचित मेयर हुन् ।































