मानव अधिकारको विशेष पहलमा पूर्व मन्त्री साहले तोडे आमरण अनशन
वि.सं.२०८२ भदौ ३१ मंगलवार
shares
काठमाडौं । पूर्व मन्त्री संजय कुमार साह (टक्ला) ले ६ दिन लामो आमरण अनशन तोडेका छन्। नख्खु कारागारमा अनशनरत साहलाई आज मानव अधिकारको विशेष टोली पुगेपछि स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अनशन तोडाइएको हो।
पूर्व मन्त्री साह गत साता काभ्रेमा प्रहरीद्वारा गरिएको ज्यादतीका कारण चरित्र हत्या भएको भन्दै आमरण अनशनमा बसेका थिए। उनी कारागार विभागले कैदी फिर्ता बोलाएपछि स्वयम् कारागार फर्किने क्रममा प्रहरीद्वारा दुर्व्यवहारमा परेका थिए।
साहले विगत १२ वर्षदेखि आफूले नगरेको गल्तीमा कैदी जीवन बिताइरहेको आरोप लगाउँदै आएका छन्। उनले अहिले बनेको अन्तरिम सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए। साथै, पोलिग्राफ (झूट परीक्षण) र नार्को परीक्षण (सत्य परीक्षण) मार्फत वास्तविक तथ्य प्रमाणित गर्न आग्रह गरेका थिए।
अनशन तोडाउने क्रममा मानव अधिकार टोलीले साहका हरेक मागलाई कानुन बमोजिम सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। टोलीले स्वास्थ्यलाई खतरामा राखेर आन्दोलन अघि बढाउनु भन्दा कानुनी मार्गबाट न्याय खोज्न सुझाएको छ।
मानव अधिकार टोलीको आश्वासनपछि साहले पानी ग्रहण गर्दै आफ्नो अनशन अन्त्य गरेका हुन्।





























